सूर्यमै भोट हालौँ भन्दै आयो एमालेको नयाँ चुनावी गीत (भिडिओसहित) – Nepal Press

सूर्यमै भोट हालौँ भन्दै आयो एमालेको नयाँ चुनावी गीत (भिडिओसहित)

कैलाली । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमालेको नयाँ चुनावी प्रचार गीत सार्वजनिक गरिएको छ ।

राम प्रसाद अवस्थीको शब्द र सङ्गीतमा रहेको गीतमा राम प्रसाद अवस्थी र पूर्णकला बिसीले स्वर दिएका छन् ।

अवस्थी एमाले निकट कलाकारहरूको संगठन राष्ट्रिय जनसस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज हुन् । उनले यसअघि पनि एमालेको थुप्रै चुनावी प्रचार गीत ल्याइसकेका छन् ।

उनकै शब्द स्वर र सङ्गीतमा तयार पारिएको सूर्यमै भोट हालौँ बोलको गीतको एरेन्जर विनोद बाजुरेली हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर