सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा जलविद्युतको वित्तीय समापन सम्पन्न – Nepal Press

सेञ्चुरी बैंकद्वारा तल्लो चिरखुवा जलविद्युतको वित्तीय समापन सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्ट्रिक प्रोजेक्टको फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ ।

प्रदेश नम्बर १ को भोजपुरस्थित षडानन्द नगरपालिकामा रहेकाे उक्त जलविद्युत परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको हो । तल्लो चिरखुवा होइड्रोइलेक्ट्रिक प्रोजेक्टमा सेञ्चुरी बैंकको एकल लगानी रहेको छ ।

यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रवर्द्धकको लगानी रहेको छ । यस परियोजनाका प्रवर्द्धकमा दीपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहेका छन् । उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत उत्पादन गर्ने क्रममा रहेको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर