पाकिस्तानमा नयाँ मन्त्रिपरिषद् गठन , राष्ट्रपतिले गराएनन् शपथ ग्रहण – Nepal Press

पाकिस्तानमा नयाँ मन्त्रिपरिषद् गठन , राष्ट्रपतिले गराएनन् शपथ ग्रहण

काठमाडौं । पाकिस्तानमा नयाँ मन्त्री परिषद् गठन भएको छ ।

इमरान खान विरुद्धको अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ प्रधानमन्त्री चयन भएका शेहेवाज सारफिले हिजो बेलुका ३० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

उनीहरूको हिजो बेलुकी नै शपथग्रहण हुनुपर्नेमा राष्ट्रपति बिरामी परेपछि स्थगित भएको छ ।

राष्ट्रपति आरिफ अल्भी अचानक बिरामी बिदामा बसेका कारण कार्यक्रम स्थगित भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

यो सँगै अब सिनेट अध्यक्ष सादिक सन्जरानीले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउने बताइएको छ ।

शेहेवाजले हिजो नै ४ जनालाई प्रधानमन्त्रीको सल्लाहकारको रूपमा पनि चयन गरेका छन् । मन्त्रिपरिषद्मा पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष विलावल भुट्टोलाई समावेश गरिएको छैन ।

इमरान खान विरुद्धको अविश्वासको प्रस्तावलाई सफल बनाउन भुट्टोले मुख्य भूमिका खेलेका कारण उनलाई मन्त्री बनाउने चर्चा चलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर