सगरमाथामा कन्सर्ट गर्न हिँडेका गायक लामाले टेके लोबुचेको शिखर – Nepal Press

सगरमाथामा कन्सर्ट गर्न हिँडेका गायक लामाले टेके लोबुचेको शिखर

काठमाडौं । कन्सर्ट गर्ने सपनासहित हिमाल चढिरहेका गायक तथा गीतकार राजु लामाले सगरमाथाको ६११९ मिटर उचाइमा रहेको लोबुचे शिखरमा पाइला टेकेका छन् । ६५०० मिटरभन्दा माथि गितार बजाएर कन्सर्ट गर्ने उद्देश्यका साथ सगरमाथा आरोहण गरिरहेका लामाले हिजो राति लोबुचेमा पाइला टेकेका हुन् ।

उनले यहीं अप्रिल १० तारिकदेखि आधिकारिक रूपमा सगरमाथा चढ्न सुरु गरेका हुन्। गायक लामाले अघिल्लो वर्ष पनि लोबुचे शिखर चढेका थिए। लोबुचेबाट उनले शुभचिन्तकप्रति आभार पनि प्रकट गरेका छन् ।

‘अझै ८, ९ दिन लाग्छ बेसक्याम्प पुग्न। त्योभन्दा अगाडि लोबुचे शिखर हुँदै जान्छौ। धेरै अगाडिदेखिको योजना थियो, भाग्यवश अहिले जुरेको छ’, लामाले भनेका छन् ।

लोबुचे नेपालको सबैभन्दा प्रख्यात पदयात्रा शिखरहरूमध्ये एक हो।

 


प्रतिक्रिया

One thought on “सगरमाथामा कन्सर्ट गर्न हिँडेका गायक लामाले टेके लोबुचेको शिखर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर