घोषणा पत्रमा मानव अधिकारका विषय समावेश गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह – Nepal Press

घोषणा पत्रमा मानव अधिकारका विषय समावेश गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन घोषणा पत्रमा मानव अधिकारका विषय समावेश गर्न राजनीतिक दललाई आग्रह गरेको छ ।

आयोगले स्थानीय तह निर्वाचनका लागि दलले घोषणापत्र जारी गर्ने क्रम सुरु भइरहेको समयमा मंगलबार एक विज्ञप्ति जारी गर्दै हरेक राजनीतिक दलले जारी गर्ने निर्वाचन घोषणापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धनको विषय समावेश गर्न आग्रह गरेको हो ।

नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप उच्च महत्त्व र प्राथमिकताका साथ मानव अधिकारका विषयलाई समावेश गर्न आयोगले सम्पूर्ण राजनीतिक दललाई विशेष आग्रह गरेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव डा।टीकाराम पोखरेलले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम राजनीतिक दलको काम, कर्तव्य र अधिकारअनुरूप पनि दलले आफ्ना क्रियाकलापलाई मानव अधिकारमैत्री बनाउनुका साथै घोषणापत्रमानसमेत मानव अधिकारका विषयवस्तु समावेश गर्नुपर्नेमा जोड दिएको छ ।

नागरिकको अधिकार सुनिश्चितताका लागि संविधानले विभिन्न १२ वटा नीति अवलम्बन गरेको भन्दै आयोगले मानव अधिकार र मौलिक हकका साथै त्यस्ता नीतिको समेत कार्यान्वयनको दायित्व राज्यको भएको आयोगको ठहर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर