जनकपुरधामको मेयरमा जनमत पार्टीबाट महिला उम्मेदवार अनिता साह भिड्ने – Nepal Press

जनकपुरधामको मेयरमा जनमत पार्टीबाट महिला उम्मेदवार अनिता साह भिड्ने

जनकपुरधाम । सीता नगरी भनेर चिनिने जनकपुरधाममा जनमत पार्टीले महिलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

केन्द्रीय सचिव अनिता साहलाई जनकपुरधामको मेयरको उम्मेदवार बनाएको जनमत पार्टीले जनाएको छ । साह पार्टीकी केन्द्रीय सचिव हुन् ।

सीता नगरीमा मौजुद भ्रष्टाचारी रावणराज अन्त्य गर्न महिलालाई मेयरको उम्मेदवार बनाएको बताएका छन् ।

उनले सचिवालयको पेजमार्फत भ्रष्टाचारी रावणराज, ठेकेदार राजको अन्त्य गर्न तथा ढिलासुस्ती र फोहोरको अन्त्य गर्नका लागि महिला मेयरलाई जिताउन अपिल गरिएकाे छ ।

जनकपुरधामलाई आदर्श नगरी बनाउने भन्दै अध्यक्ष डा. राउतले जनमत पार्टीलाई एक पटक मौका दिए चमत्कार गरेर देखाउने उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर