एमाले प्रवेश गरेका वडाध्यक्ष मगर बर्दिबासकाे मेयरमा सिफारिस – Nepal Press

एमाले प्रवेश गरेका वडाध्यक्ष मगर बर्दिबासकाे मेयरमा सिफारिस

महोत्तरी । हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका बर्दिबास नगपालिका– ७ वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा मेयरको उम्मेदवारका लागि सिफारिस भएका छन् । अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष मगर फेरि वडाध्यक्षमा पनि सिफारिस भएका छन् ।

उनी मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिसमा परेका हुन् भने वडाध्यक्षमा एकल उम्मेदवारका रुपमा सिफारिसमा परेका छन् ।

एमाले बर्दिबास नगर कमिटीले उम्मेदवार छनोट समितिको निर्णयअनुसार मेयरको उम्मेदवारमा टेकबहादुर बलाम्पालाई पहिलो र फाल्गुनलाई दोस्रो नम्बरमा सिफारिस गरेको छ । उनीहरु दुवै पूर्वमाओवादी हुन् ।

एमाले बर्दिबास नगर कमिटीका सचिव देवनारायण महतोका अनुसार मेयरको अन्य दाबेदारमा चन्द्रलाल क्यापछाकी, गुन्जबहादुर खड्का, कुमार भण्डारी, सारदादेवी थापा, सन्त परियार, केदारबहादुर बस्नेत र पारद पोखरेल पनि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर