१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने दुईजना पक्राउ – Nepal Press

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने दुईजना पक्राउ

काठमाडौं । काठमाडौंमा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुईजनालाई मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–७ साल्खा टोल बस्ने ४९ वर्षीय भुपेन्द्रलाल वसी र काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वर बस्ने ४१ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् ।

शंखरापुर नगरपालिका–६ स्थित बज्रयोगिनीको मूल जात्रामा मानिसहरूको भिडभाड रहेको अवस्थामा उनीहरूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

उक्त सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको र घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रभाग साँखुले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर