ओलीलाई युवाको प्रश्न- २४ वर्षमा मलाई टिकट दिनुहुन्छ कि ७ करोडको झोला बोक्ने व्यापारीलाई ? – Nepal Press

ओलीलाई युवाको प्रश्न- २४ वर्षमा मलाई टिकट दिनुहुन्छ कि ७ करोडको झोला बोक्ने व्यापारीलाई ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले ललितपुरको गोदावरीमा ‘युवासँग म ! विशेष अन्तरक्रिया कार्यक्रम’ गरिरहेका छन् । कार्यक्रममा युवाहरूले अहिले अध्यक्ष ओलीसँग आफ्ना अनुभव र प्रश्नहरू राखिरहेका छन् ।

यो सामाग्री तयार पार्दासम्म झण्डै एक दर्जन युवाहरूले प्रश्न र धारणा राखेका छन् । छन् जसमा प्रश्नहरू निकै पेचिलो र राज्य संयन्त्रमा देखिएका कमीकमजोरीको बारेमा केन्द्रित छन् ।

काठमाडौं स्कुल अफ लमा अध्ययनरत २० वर्षीय सरोज भट्टराईले केपी ओलीजस्तै आफ्नो पनि प्रधानमन्त्री बन्ने सपना भएको बताउँदै ३५ वर्षको उमेरमा प्रधानमन्त्री बन्ने चाहना रहेको बताए । ‘पार्टीगत जाँदा त्यसमा सम्भव होला कि, बुढाहरूको झोला बोकेर ६० वर्षमा जाँदा उपयुक्त होला ?,’ उनले प्रश्न सोधे ।

यस्तै उनले २० वर्ष भएको बताउँदै २४ वर्षको उमेरमा आफूलाई सिद्धार्थनगरको टिकट दिने की नदिने भनेर प्रश्न सोधे । उनले भने, ‘म कानून पढिरहेको छु । राजनीतिमा चासो छ । २४ वर्षको उमेरमा सिद्धार्थनगरको टिकट मैले लिन चाहेँ र कोही ७ करोड बोकेर आए त्यस्तो अवस्थामा उसलाई टिकट दिनुहुन्छ कि मलाई ?’

सर्वोच्च अदालतमा अहिले न्यायाधीश पनि पार्टीकै भएको उनले दाबी गरे । ‘म च्यालेञ्ज दिएर भन्न सक्छु सर्वोच्चको कुन न्यायाधीश कुन पार्टीको भन्न सक्छु,’ उनले भने,‘न्यायाधीश हुन पनि कुनै पार्टीको झोला बोक्नुपर्छ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर