रुपन्देहीको सिद्धार्थनगरमा पनि तोडियो गठबन्धनः जसपाद्वारा मेयर र उपमेयरसहितका उम्मेदवार सिफारिस – Nepal Press

रुपन्देहीको सिद्धार्थनगरमा पनि तोडियो गठबन्धनः जसपाद्वारा मेयर र उपमेयरसहितका उम्मेदवार सिफारिस

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा सत्तारुढ पाँच दलको गठबन्धन तोडिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) ले सिद्धार्थनगर नपाको मेयरमा अर्जुनप्रसाद जैसवाललाई उम्मेदवार सिफारिस गरेपछि औपचारिक रुपमा गठबन्धन तोडिएको हो ।

जसपा सिद्धार्थनगरका अध्यक्षसमेत रहेका जैसवाललाई मेयर पदमा सर्वसम्मत सिफारिस गरिएको पार्टीले जनाएको छ । जैसवाल यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार थिए ।

जसपाले नगरको उपप्रमुखमा आसमा खातुन फकिर, वडा नम्बर १ को अध्यक्षमा उज्ज्वल पोखरेल, २ को अध्यक्षमा दिलीपकुमार कहाँर, ३ मा कैस मोहम्मद साई र ४ मा गोविन्द यादवलाई उम्मेदवार सिफारिस गरेको छ ।

यसअघि जसपा सिद्धार्थनगरले पाँचदलीय गठबन्धनमा सहभागी नहुने निर्णय गरे पनि एकल उम्मेदवारी सार्वजनिक गरेको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर