लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपाल प्रेस
२०७९ वैशाख ७ गते १७:४२
विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी धरान उपमहानगरपालिका–१९ का ३६ वर्षीय सुरज भन्ने सरोज राईलाई पक्राउ गरेको हो ।
लागुऔषध मुद्धमा उच्च अदालत विराटनगरको २०७३ साल भाद्र ५ गतेको फैसला आदेशले १ बर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैयाँ जरिवाना भई कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका राईको खोज तलासमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।
राई गाउँघरमा नै लुकी छिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर