बझाङमा गठबन्धन : कांग्रेसलाई सात, समाजवादीलाई तीन र माओवादीलाई दुई (निर्णयसहित)
कैलाली । आगामी स्थानीय तहको निर्वाचनका लागि बझाङमा गठबन्धनका दलहरू सहमति जुटेको छ ।
१२ स्थानीय तह रहेको बझाङमा नेपाली कांग्रेसले सात स्थानीय तह, एकीकृत समाजवादीले तीन र माओवादी केन्द्रले दुई स्थानीय तह पाउने सहमति भएको छ ।
दुई नगरपालिका रहेको बझाङमा दुवै नगरपालिका नेपाली कांग्रेसलाई दिने सहमति भएको छ ।
१२ स्थानीय तहमा रहेका ९४ वडामै गठबन्धन गर्ने सहमति भएको हो ।
नेपाली कांग्रेसले जितेका ३६, माओवादी केन्द्रले जितेका ९ र समाजवादी रहेका ६ वडा उनीहरूलाई नै दिने सहमति भएको छ ।
बाँकी रहेको ४३ वडा मध्ये ५० प्रतिशत नेपाली कांग्रेसले पाउने र त्यसपछि बाँकी रहेको वडाहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले आधा आधा बाँड्ने समेत सहमति भएको छ ।
यस्तो छ १२ स्थानीय तहमा गरिएको भागबन्डा