रुपन्देहीमा जनमत पार्टीले बाँड्यो टिकट – Nepal Press

रुपन्देहीमा जनमत पार्टीले बाँड्यो टिकट

रुपन्देही । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा टिकट वितरण गरेको छ ।

बुधबार रुपन्देहीका १३ पालिका र ८६ वटा वडामा उम्मेदवार बन्ने नेता र कार्यकर्तालाई टिकट वितरण गरिएको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताए ।

भैरहवाबाट पालिका प्रमुख र उपप्रमुख, वडाअध्यक्ष तथा सदस्य पदको उम्मेदवार बन्नका लागि टिकट वितरण गरिएको उनले बताए । बाँकी रहेका वडाहरुमा बिहीबार वितरण गरिने यादवले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर