सगरमाथा अक्सिजन प्लान्ट विस्फोट- ‘रिफिल’ गर्न कुरिरहेका भारतीय नागरिकको मृत्यु (भिडिओ)
नेपाल प्रेस
२०७९ वैशाख ८ गते १२:१३
काठमाडौं । ललितपुरको लगनखेलस्थित औधोगिक क्षेत्रमा बुधबार बिहान भएको विस्फोटमा मृत्यु हुनेको सनाखत भएको छ ।
भारतको पश्चिम चम्पारम घर भएका ४५ वर्षीय ब्रिज महतोको मृत्यु भएको ललितपुर प्रहरी परिसर प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए । रिफिल गर्न कुरिरहेका महतोको शव क्षतविक्षत भएको थियो । उनी सोही प्लान्टका कामदार हुन् ।
प्रहरीले घटनामा अन्य ५ जना घाइते भएको बताएको छ । तीमध्ये भारतकै राजकुमार महतोको अवस्था पनि चिन्ताजनक रहेको छ । अक्सिजन भर्नेक्रममा प्राविधिक त्रुटि भएर विस्फोट भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर