दुई घण्टामात्र सुत्छन् केपी ओली, आफैले सुनाए धपेडीपूर्ण दैनिकी (भिडिओ) – Nepal Press

दुई घण्टामात्र सुत्छन् केपी ओली, आफैले सुनाए धपेडीपूर्ण दैनिकी (भिडिओ)

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली मध्यरातिसम्म भेटघाटमा हुन्छन् भन्ने सबैलाई थाहा छ । पछिल्लो समय देश दौडाहामा पनि उनले सबै दलका नेतालाई पछि पारेका छन् ।

चुनावको बेला नखटे कहिले खट्ने भन्दै उनले आफ्नो पछिल्लो दैनिकी बिहीबार एक कार्यक्रममा खुलासा गरे । केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठकमा पाका नेताहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउन आफू दुई घण्टामात्रै सुत्ने गरेको सुनाए ।

ओलीले भने, ‘आज पनि म बिहान ४ देखि ६ बजेसम्म सुतेको । साढे २ बजेसम्म बैठक नै थियो । त्यसपछि एउटा किताब पल्टाउँदा ४ बजेछ । श्रीमती आएर थर्काएपछि बल्ल घडी हेरेको ४ बजेछ । एकछिन सुतेँ, बाहिर हल्लाखल्ला भइहाल्यो, उठ्न परिहाल्यो ।’

ओलीले देश बनाउन खोज्दा आफूमाथि अवरोध भए पनि बेलैमा गठबन्धन गरेर अब कांग्रेस पनि एमालेको चुनौती नरहेको भन्दै एकदिन सफल भइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर