अक्सिजन प्लान्ट विस्फोटमा घाइते थप एकको मृत्यु – Nepal Press

अक्सिजन प्लान्ट विस्फोटमा घाइते थप एकको मृत्यु

काठमाडौं । ललितपुरमा लगनखेलमा रहेको औधोगिक क्षेत्रस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा घाइते थप एकजनाको मृत्यु भएको छ ।

बुधबार बिहान भएको विस्फोटमा मृत्यु हुनेको संख्या योसँगै दुईजना पुगेको छ । ललितपुर प्रहरी परिसरका अनुसार मृत्यु हुनेमा भारत घर भइ ललितपुर- १८ बस्दै आएका २५ वर्षीय राजकुमार महतो छन् । उपचारको क्रममा उनको मृत्यु भएको प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए ।

यसअघि विस्फोटमा परी ग्यास भर्न पालो कुरेर बसेका भारतीय कामदार ब्रिज महतोको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा ७ जना घाइते भएको र केही सामान्य उपचारपछि घर फर्केको प्रहरीले बताएको छ । विस्फोटपछि सबै आत्तिएकाले भीड तितरबितर हुँदा घाइतेको संख्या थपघट भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *