सामान्य अंकले बढ्यो सेयर बजार, १ अर्ब ६२ करोडको कारोबार – Nepal Press

सामान्य अंकले बढ्यो सेयर बजार, १ अर्ब ६२ करोडको कारोबार

काठमाडौं । पछिल्लो दिन निरन्तर घटिरहेको सेयर बजार आज भने सामान्य अंकले वृद्धि भएको छ । आज बजार ४.९४ अंकले वृद्धि भएको हो । ०.२१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २३२५ अंकमा पुगेको छ ।

आज १ अर्ब ६२ करोड ९१ लख ६८ हजार ८ सयको सेयर कारोबार भएको छ । २ सय ३१ वटा कम्पनीका ३९ लाख ९१ हजार ५१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेन्चरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । नेष्डो समृद्ध लघुवित्तको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । हिजो पनि यही कम्पनीको सबैभन्दा धेरै कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *