कार्यकाल सकिनुअघि नै चौतारा साँगाचोकगढीका मेयर तामाङले दिए राजीनामा – Nepal Press

कार्यकाल सकिनुअघि नै चौतारा साँगाचोकगढीका मेयर तामाङले दिए राजीनामा

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिङ तामाङले कार्यकाल सकिनु एक महिनाअघि पदबाट राजीनामा दिएका छन् ।

माओवादीबाट निर्वाचित मेयर तामाङले उपमेयर जानुका पराजुलीलाई राजीनामा बुझाएका हन् । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनेको थियो ।

तामाङ माओवादीबाट पुनः मेयरका आकांक्षी हुन् । उनीसहितको नाम सिफारिस भए पनि टिकट उनले पाउने सम्भावना नरहेको बताइन्छ । व्यक्तिगत जनाधारसमेत राम्रो भएका तामाङ चाँडै नै अर्को कुनै पार्टीमा प्रवेश गरेर मेयरको उम्मेदवार बन्न सक्ने चर्चा पनि चौतारामा चलेको छ ।

तामाङले मेयर पदबाट राजीनामा दिएसँगै पदमा रहे वापत पाउने सबै सुविधा पनि फिर्ता गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर