तेल किन्न भारतले श्रीलंकालाई ३८ सय करोड दिने – Nepal Press

तेल किन्न भारतले श्रीलंकालाई ३८ सय करोड दिने

काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलकांलाई तेल खरिद गर्न ३८ सय करोड भारतीय रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

श्रीलंकाका विदेशमन्त्री जिएल पिरिसले भारतले तेल खरिद गर्न ३८ सय करोड सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको जानकारी गराएका हुन् । पिरिसले हाल श्रीलंकाले विश्व बैंकसँग पनि सहयोगको अपिल गरेको तर सहयोग पाउन अझै ६ महिना लाग्ने पनि बताएका छ्न् ।

श्रीलंकाले हालैमात्र चीनलाई तिर्नुपर्ने २७ हजार करोड ऋणको किस्तामा केही सहुलियत प्रदान गरिदिन अपिल गरेको थियो । चीनले भने उक्त  अपिललाई खारेज गरिदिएको छ ।

वर्तमान आर्थिक संकटसँग जुध्न श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट पनि सहयोगको अपेक्षा गरिरहेको छ । मंगलबार श्रीलंकाका प्रतिनिधि र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिबीच भएको प्रारम्भिक छलफलमा कोषले श्रीलंकालाई आर्थिक सहयोग गर्नुपूर्व श्रीलंका दिगो ऋण मार्गमा रहेको पर्याप्त आधार हुनु आवश्यक रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर