गोरखापत्रका पूर्व महाप्रबन्धक उपाध्याय बैंकिङ कसूरमा पक्राउ – Nepal Press

गोरखापत्रका पूर्व महाप्रबन्धक उपाध्याय बैंकिङ कसूरमा पक्राउ

काठमाडौं । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक बसन्त प्रकाश उपाध्याय बैंक कसूरमा पक्राउ परेका छन् । ६८ लाख रुपैयाँको चेक बाउन्सको जाहेरीमा पक्राउ परेका उपाध्यायलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उपाध्याय गोरखापत्र संस्थानको महाप्रबन्ध भएका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बन भएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नजिक हुँ भन्दै उनले धेरै व्यक्तिलाई ठगी गरेको आरोप छ । उनले कांग्रेसको १३ औं महाधिवेशनमा शेरबहादुर देउवाको चुनावी प्रचारको जिम्मेवारी सम्हालेका थिए ।

उपाध्यायविरुद्ध अंगद खड्का नामका व्यक्तिले जाहेरी दिएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर