नेकपा एसले तुलसीपुर उपमहानगरको उपमेयरमा जोगबहादुर रानालाई उठाउने
दाङ । नेकपा समाजवादीले तुलसीपुर उपमहानगरपालिको उपमेयरको उम्मेदवार जोगबहादुर रानालाई बनाउने भएको छ ।
उपमेयरका लागि रानाको नाम केन्द्र बाट अनुमोदन भएर आइसकेको समाजवादी दाङका प्रचार विभाग प्रमुख दीपक कुमालले जानकारी दिएका छन् ।
सत्तारूढ पाँच दलीय निर्णय अनुसार तुलसीपुर उपमहानगरपालिकामा उपमेयरको भाग नेकपा समाजवादीलाई परेको छ भने मेयर कांग्रेसलाई परेको छ । कांग्रेसले मेयरको उम्मेदवार छनोट गर्न अझै सकेको छैन ।
समाजवादी दाङले उपमेयरकालागि राना सहित डिल्ली डाँगी र जानका रेग्मीको नाम सिफारिस गरेको थियो ।
राना समाजवादीका केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज हुन् ।
उनी एमाले दाङका उपाध्यक्ष र कार्यवाहक अध्यक्ष भइसकेका व्यक्ति हुन् ।