एकीकृत समाजवादी र माओवादीको ‘पत्ता साफ’ हुन्छ : महेश बस्नेत – Nepal Press

एकीकृत समाजवादी र माओवादीको ‘पत्ता साफ’ हुन्छ : महेश बस्नेत

कैलाली । नेकपा एमालेका नेता तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी र माओवादी केन्द्रको ‘पत्ता साफ’ हुने बताएका छन् ।

राष्ट्रिय युवा संघ घोडाघोडी नगर कमिटीले आयोजना गरेको प्रथम कमिटी युवा सम्मेलनलाई सम्बोधन गर्दै बस्नेतले आगामी वैशाख ३० गते एकीकृत समाजवादी र माओवादी केन्द्रको लज्जास्पत हार हुने बताए ।

‘एकीकृत समाजवादी र माओवादी केन्द्र भन्ने पार्टी अहिले गठबन्धनका नाममा कांग्रेसको टाङ मुनि पसेका छन् । उनीहरूले जे गरे पनि जति गरे पनि जनताले बुझिसकेका छन्’ बस्नेतले भने ‘उनीहरूको चुरीफुरी अहिले मात्रै हो । निर्वाचन पछि सबै पत्ता साफ हुन्छन् ।’

गठबन्धनका दलहरू बिच महानगरपालिका र उपमहानगरपालिकामा भएको तालमेलले उनी बिच नै रुष्टता पैदा भएको भन्दै अहिलेबाटै गठबन्धनका दलहरू बिच विवाद उत्पन्न भइरहेको बताए ।

माओवादी केन्द्र र समाजवादीले ठुलो भाग खोजेर कांग्रेससँग तालमेल गर्न गए पनि उनीहरूलाई कांग्रेसले पेल्दै गएको बताए । २०७४ सालको स्थानीय तहमा एमालेले ४० प्रतिशत दिएको माओवादीको वास्तविक हैसियत अहिले देखिएको बताए ।

‘२०७४ सालमा एमालेले ४० प्रतिशत दिएको थियो । तर, उनीहरूले ३० प्रतिशत क्षेत्रमा मात्रै विजयी भएका थिए’ उनले भने ‘कुकुरलाई घिउ पच्दैन भन्दै जस्तै माओवादीलाई एमालेकोको सद्भाव नपचेको हो ।’

माओवादी केन्द्रले १० वर्ष जनयुद्ध गर्दा दिएको आश्वास अहिले भुल्दै गएको आरोप लगाएका थिए ।

‘त्यो बेला माओवादीहरू जनतालाई थुप्रै आश्वासन बढ्दै हिँडेका थिए’ उनले भने ‘ अहिले प्रचण्डका क्रान्ति कांग्रेसको टाङ मुनि छिरेको छ । प्रचण्डलाई एउटा बुहारी मन्त्री बनाउनु परेको अर्की बुहारीलाई पोखराबाट नेता बनाउनु परेको छ छोरीलाई मेयर बनाउनु परेको छ ।’

केपी ओली नेतृत्वको सरकारले गरेका कामहरू पनि अहिलेको सरकारले निरन्तरता दिन नसकेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

विगतमा एमालेकै सरकारले ५८ हजार सुकुम्वासीले जग्गा पाएको उल्लेख गर्दै उनले अहिले २० लाख सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने ओली नेतृत्वको सरकारको योजना वर्तमान सरकारले विफल पारेको जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर