कम्युनिस्ट योद्धा सम्मान- जसले त्याग गरे तर भाग खोजेनन् (तस्बिरहरू) – Nepal Press

कम्युनिस्ट योद्धा सम्मान- जसले त्याग गरे तर भाग खोजेनन् (तस्बिरहरू)

काठमाडौं । जीवन कम्युनिस्ट पार्टीको हेरचाह र नेताहरू कार्यकर्तालाई सेल्टर दिएर योगदान गरेका योद्धाहरूलाई नेकपा एमालेले सम्मानित गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७३ वर्ष पुगेको अवसरमा एमालेले कम्युनिस्ट योद्धाहरूको सम्मान गरेको हो ।

कम्युनिस्ट पार्टीको उत्थान,नेतृत्वको रक्षा र संघर्षमा जीवन बिताएका तर कुनै पनि लाभको पदमा नपुगेका १७ जना योद्धाहरूलाई पार्टीले सम्मान गरेको उपमहासचिव प्रदीप ज्ञवालीले कार्यक्रममा बताए ।

कार्यक्रममा कतिपय योद्धाहरूलाई सम्मानित गरिँदा उनीहरूको अवस्था देखेर सहभागी भावुक भए ।

कोही अपांगता भएका थिए भने कोही आँखा नदेख्ने भइसकेका रहेछन् । अनि कोही अरूको सहाराबिना उभिनै नसक्ने । यस्तै एक जना थिए कुमार गुरुङ ।

२०५० सालमा मदन भण्डारीमाथि विपक्षीबाट भएको आक्रमण छल्न आफू ढाल बनेका अस्कल क्याम्पसका तत्कालीन स्ववियु सभापति कुमार गुरुङलाई सम्मानित गर्दा नेताहरू भावुक भएका थिए ।

उनको टाउकोमा त्यस बेला लागेको खुकुरीको चोट बल्झिएर बिरामी पर्दै अहिले उनी प्यारालाइसिस भएर बसेका छन् । गुरुङले अपांगता भएको हातले एमाले अध्यक्ष केपी ओलीलाई खादा ओढाएका थिए ।

कार्यक्रममा पिस्कर काण्डका योद्धा छत्र बहादुर बोहरा, ९५ वर्षीय बसन्त गौचन, ललितपुरका सेल्टरदाता चतुर व्यञ्जनकार,जनवादी गायक रामकृष्ण दुवाल लगायतका योद्धाहरू सम्मानित भए ।

सम्मानित हुने कम्युनिस्ट योद्धाको नाम

१ः टेकनाथ बराल, पोखरा

२ः नेत्रप्रसाद ढुंगाना, अर्घाखाँची

३ः अमर कार्की, झापा

४ः तुलसीराम मिश्र, अर्घाखाँची

५ः नानीमैया नकर्मी, काठमाडौं

६ः कुमार गुरुङ, गोरखा

७ः चतुर व्यञ्जनकार, ललितपुर

८ः बसन्त गौचन, काठमाडौं

९ः हरिप्रसाद शर्मा काफ्ले

१०ः रामकृष्ण दुवाल, काठमाडौं

११ः छत्र बहादुर बोहरा, सिन्धुपाल्चोक

१२ः लक्ष्मीराज जोशी, सुदूरपश्चिम

१३ः माधवप्रसाद अधिकारी (शिक्षक)

१४ः भिमबहादुर खतिवडा, झापा

१५ः चुमतारा बन्जाडे, रुपन्देही

१६ः विष्णु डंगोल, ललितपुर

१७ः कुमारीदेवी धनुषा

तस्बिरहरू : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर