एमाले प्रवेश गर्दै देवकोटाले भने- प्रचण्डको ध्वंशकारीबाट मुक्त हुन पाएकोमा मन चंगा भएको छ – Nepal Press

एमाले प्रवेश गर्दै देवकोटाले भने- प्रचण्डको ध्वंशकारीबाट मुक्त हुन पाएकोमा मन चंगा भएको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य छाडेर एमालेमा प्रवेश गरेका धर्मदत्त देवकोटाले प्रचण्डले पार्टी र आफ्नै पार्टीको सरकार ध्वंश गरेर दक्षिणपन्थी गठबन्धन बनाएकाले विद्रोह गर्नुपरेको बताएका छन् ।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा देवकोटाले विगतमा पनि आफूहरूले प्रचण्डलाई केपी ओलीसँग मिलेर काम गर्न र कचिङ्गल सिर्जना नगर्न पटक पटक भन्दा पनि सुनुवाइ नभएको बताए ।

देवकोटाले भने– उहाँहरूको उद्देश्य पार्टी कब्जा गर्ने, सरकार ढाल्ने, परिवार पोस्नुपर्ने देखियो । आज म माओवादी छाडेर एमालेमा १० वर्षपछि फर्किँदा प्रचण्डको ध्वंशकारीबाट मुक्त हुन पाएकोमा मन चंगा भएको छ ।

देवकोटाले देश भरी आफ्नो समूहका कार्यकर्ताले स्थानीय स्तरमै प्रवेश गर्ने र दक्षिणपन्थी गठबन्धनलाई हराउन एमालेलाई सहयोग गर्ने बचन दिएको बताए ।

सोही कार्यक्रममा पूर्व राजदूत लक्की शेर्पा पनि एमालेमा प्रवेश गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर