एमालेबाट रामेछापको दोरम्बा सैलुङकाे अध्यक्ष उम्मेदवारमा टंक चौलागाईं सर्वसम्मत – Nepal Press

एमालेबाट रामेछापको दोरम्बा सैलुङकाे अध्यक्ष उम्मेदवारमा टंक चौलागाईं सर्वसम्मत

रामेछाप । नेकपा एमालेले दोरम्बा सैलुङ गाउँपालिकाको अध्यक्ष उम्मेदवारमा टंक चौलागाईंलाई सर्वसम्मत चयन गरेकाे छ । एमाले पालिका कमिटीको बैठकले चौलागाईंलाई सर्वसम्मत अध्यक्ष उम्मेदवार चयन गरेको हो ।

गत निर्वाचनमा दोरम्बामा माओवादीलाई पहिलो पार्टी बनाउन महत्वपूर्ण भूमिका खेलेका चौलागाईं टिमसहित एमाले प्रवेश गरेका थिए । अहिले एमाले उनै चाैलागाईंलाई गाउँपालिका अध्यक्षकाे टिकट दिएपछि यसपटक दोरम्बाको चुनावी परिणाम रोचक हुने स्थानीयहरु बताउँछन् ।

एमालेबाट चौलागाईं उम्मेदवार भएपछि माओवादीलाई विरासत जाेगाउन चुनौती हुने उनीहरुकाे भनाइ छ । गत स्थानीय तह निर्वाचनमा दोरम्बा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो ।

योपटक दोरम्बा गाउँपालिकामा एमालेले जसरी पनि जित्ने नेता चौलागाईंले दाबी गरे । दोरम्बामा एमालेको प्रतिस्पर्धा माओवादीसँगै हुने र माओवादीका उम्मेदवारलाई फराकिलो मतान्तरले हराउने शक्ति आफूहरुले आर्जन गरिसकेको एमाले नेताहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर