मोहन वैद्यको टिप्पणी- सामन्तवादी कांग्रेसको टेको लागेको गठबन्धनले केही गर्न सक्दैन (भिडिओ) – Nepal Press

मोहन वैद्यको टिप्पणी- सामन्तवादी कांग्रेसको टेको लागेको गठबन्धनले केही गर्न सक्दैन (भिडिओ)

'एमाले प्रवृत्तिविरुद्ध जनयुद्ध गरेका प्रचण्ड अवसर खोज्दै ओलीसँग मिसिए'

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले अवसरवादी कम्युनिष्टहरूका कारण मुलुकको अवस्था ध्वस्त भएको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा वैद्यले सुरूमा क्रान्तिकारी र पछि अवसरवादी भएका कम्युनिष्टहरूका कारण मुलुकको अवस्था नसुध्रेको बताए ।

प्रचण्ड र केपी ओलीको पार्टी नवप्रतिक्रियावादी भएको वैद्यको टिप्पणी छ । जनयुद्धका बेला प्रतिकृयावादीको रक्षाकबच भन्दै एमाले प्रवृत्तिका विरुद्ध संघर्ष गरेको र पछि गएर अवसर खोज्दै प्रचण्डले त्यही एमालेसँग एकता गरेको वैद्यको आरोप थियो ।

‘सामन्तवादीको रूपमा रहेको कांग्रेसलाई टेकोसो लगाएर बसेको गठबन्धन सरकारले देशलाई केही गर्न सक्दैन । पञ्चायतमा अन्य दललाई दमन गर्न जे कदम चालिएको थियो, अहिलेको कम्युनिष्टले त्यही कदम चालिरहेका छन् ।

वैद्यले नवप्रतिक्रियावादीसँग लड्नका लागि विचार मिल्ने कम्युनिष्टहरूबीच एकतामा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर