मध्यविन्दुको मेयरमा एमालेबाट अधिकारी सर्वसम्मत उम्मेदवार – Nepal Press

मध्यविन्दुको मेयरमा एमालेबाट अधिकारी सर्वसम्मत उम्मेदवार

नवलपुर । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयरमा नेकपा एमालेबाट भीमलाल अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको छ ।

मध्यविन्दु नगरपालिकाको मेयरमा अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको एमाले नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले जानकारी दिएका हुन् ।

एमाले नवलपुरले मध्यविन्दुको मेयरमा अधिकारीको एकल नाम गण्डकी प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ । मध्यविन्दुको मेयरका अन्य आकांक्षीहरुको सहमतिमा अधिकारीको मात्रै नाम सर्वसम्मत सिफारिस गरिएको हो ।

मध्यविन्दु–८ निवासी अधिकारी एमाले जिल्ला कमिटी सचिव हुन् । उनलाई पार्टीभित्र वैचारिक र कुशल संगठकको रुपमा लिइन्छ ।

नवलपरासी पूर्वको बौदीकाली गाउँपालिकामा प्रकाश ओझा र हुप्सेकोट गाउँपालिकामा चेतन रानाको नाम समेत पालिका अध्यक्षमा सर्वसम्मत सिफारिस गरिएको एमाले नवलपुरले जनाएकाे छ ।

अन्य स्थानीय तहका आकांक्षीहरुको नामसमेत प्रदेश कमिटीमा सिफारिस गरिएको एमाले जिल्ला अध्यक्ष पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर