विप्लवले पनि संसदवादकै बाटो रोजे : हेमन्तप्रकाश ओली – Nepal Press

विप्लवले पनि संसदवादकै बाटो रोजे : हेमन्तप्रकाश ओली

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य हेमन्त प्रकाश ओलीले पार्टी नेतृत्व संसदवादतर्फ ढल्किएको आरोप लगाएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले जनमतसंग्रहमा जाने बाटो संसदवाद तर्फ बरालिएको बताए ।

आफूलाई प्रचण्ड–बाबुरामले पूँजी पढे होलान् जस्तो लागेको तर उनीहरूले त्यो गहिरिएर नपढेको अहिले आएर प्रमाणित भएको उनले बताए ।

मनमोहन अधिकारीले कालो बोको काट्नु र अमुक नेताले हातमा तान्त्रिकको औँठी बाँध्नु सबै वैचारिक पलायनको पराकाष्ठा भएको उनको भनाइ थियो ।

गलत कुराको विरोध गरिराख्नुपर्ने र विकल्प दिई राख्नुपर्नेमा जोड दिँदै नेता सुदर्शनले नयाँ गर्ने भनेर अघि बढेका नेत्रविक्रम चन्द ‘विप्लव’ले पनि संसदवादबाटै समाजवादको विकल्प खोजेर पुरानो बाटो रोजेको प्रस्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर