महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै – Nepal Press

महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं । स्थानीय चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेकपा (एमाले)काे केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।

दिउँसो ३ बजे एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बस्दैछ । बैठकमा स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवाद र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन छलफल हुने सचिवालयले जनाएको छ ।

एमालेले महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुंगो केन्द्रबाट लगाउने वैधानिक व्यवस्था छ ।

६ वटा महानगरपालिकामध्ये ललितपुमा हरिकृष्ण ब्यन्जनकार, वीरगञ्ज विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर