रसुवामा एमाले उम्मेदवार- पार्टी केन्द्रीय सदस्यदेखि देशकै कान्छी उपाध्यक्षसम्म – Nepal Press

रसुवामा एमाले उम्मेदवार- पार्टी केन्द्रीय सदस्यदेखि देशकै कान्छी उपाध्यक्षसम्म

काठमाडौं । नेकपा एमालेले रसुवाका पाँचवटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । एमालेले यसपटक केन्द्रीय सदस्यलाई गाउँपालिका अध्यक्ष उठ्न पठाएको छ ।

केन्द्रीय सदस्य माधव अर्याल रसुवाको उत्तरगया गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका छन् । पार्टीका इमानदार नेताका रुपमा स्थापित अर्याललाई कार्यकर्ताको आग्रहमा गाउँपालिका अध्यक्ष उठ्न पठाइएको हो ।

एमालेले गाउँपालिकामा केन्द्रीय सदस्य उम्मेदवार बनेको यो पहिलो हो । उत्तरगयाको उपाध्यक्षमा हालकै उपाध्यक्ष चमेली गुरुङले निरन्तरता पाएको जिल्ला सचिव जनार्दन ढकालले बताए ।

त्यस्तै नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामालाई उठाइएको छ । २०७४ सालको निर्वाचनमा देशभरबाट निर्वाचित उपाध्यक्षमध्ये सबैभन्दा कान्छी सिर्जना त्यसबेला २२ वर्षकी थिइन् । यसपटक उनलाई अध्यक्षमा अघि सारिएको छ ।

सो पालिकाको उपाध्यक्षमा चन्द्रवहादुर तामाङ उम्मेदवार बनेका छन् । त्यस्तै गोसाइँकुण्ड गाउँपालिका अध्यक्षमा कैसाङनुर्पु तामाङ र उपाध्यक्षमा प्रतिमा तामाङ उम्मेदवार बनेका छन् । एमालेले छामाछोदिङ्गो गाउँपालिका अध्यक्षम तेम्बे्रेल तामाङ र उपाध्यक्षमा नबिना लामालाई उम्मेदवार बनाएको छ ।

कालिका गाउँपालिकामा अध्यक्ष कमलनाथ आचार्य र उपाध्यक्षमा अम्बिका भट्ट पौडेललाई उम्मेदवार बनाइएको छ ।
एमालेले २०७४ सालको निर्वाचनमा दुई पालिका अध्यक्ष र पाँचवटै पालिका उपाध्यक्ष जितेको थियो । अघिल्लो पटक कालिका गाउँपालिकामा महिलालाई अध्यक्ष बनाएको एमालेले यसपटक नौकुण्डमा महिला उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया

One thought on “रसुवामा एमाले उम्मेदवार- पार्टी केन्द्रीय सदस्यदेखि देशकै कान्छी उपाध्यक्षसम्म

  1. सबै कमरेड हरूले जित्नु पर्छ है शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर