दोलखाका वाइसिएल नेतासहित माओवादी कार्यकर्ता एमालेमा प्रवेश – Nepal Press

दोलखाका वाइसिएल नेतासहित माओवादी कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । माओवादी सम्बद्ध वाइसिएलका नेता तथा पूर्व लडाकु बिसुन पाख्रिन र प्रशान्त लामासहित करीव दुई दर्जन दोलखाका युवा माओवादी त्यागेर एमालेमा प्रवेश गरेका छन् ।

शनिबार काठमाडौंमा उनीहरुलाई एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले स्वागत गरेका छन् । वाइसिएल नेता पाख्रिन गौरीशंकरका हुन् भने लामासहित अधिकांश युवा मेलुङका छन् ।

मेलुङ गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष उम्मेदवार वसन्त लामाको पहलमा सुवराज घिसिङ,रिजन घिसिङ,विशाल मोक्ता,विशाल तामाङ,कर्म मोक्तान,जीवन थोकर,रन्जित गोले,अनिल लामा,सन्जिव गोले,रोशन लामा,सोनाम भुजेल,दिपेन गोले लगायतका युवा एमालेमा प्रवेश गरेको युवा संघका नेता महाराज गुरुङले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर