एकीकृत समाजवादीको माग: विवाद भएका जिल्लाका केन्द्रले हस्तक्षेप गरोस् – Nepal Press

एकीकृत समाजवादीको माग: विवाद भएका जिल्लाका केन्द्रले हस्तक्षेप गरोस्

कैलाली । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने समय नजिकिँदै गर्दा पनि गठबन्धनका विषयमा जिल्लाहरूमा सहमति नभएको भन्दै एकीकृत समाजवादीले चासो व्यक्त गरेको छ ।

जिल्लाहरूमा गठबन्धन भित्र रहेका दलहरूबीच पनि असमझदारी भएको भन्दै एकीकृत समाजवादी पार्टीले त्यस्ता जिल्लाहरूमा गठबन्धनको केन्द्रीय नेतृत्वले हस्तक्षेप गर्नु पर्ने अडान लिएको छ ।

‘अहिले जिल्ला जिल्लाबाट हामीलाई रिपोटिङ भइरहेको छ । केही जिल्लाहरूमा सहमति भइसकेको छ केहीमा समस्या छ ।’ एकीकृत समाजवादीका उपाध्यक्ष प्रवेश हमालले भने, जिल्लामा सहमतिको प्रयास हुँदा पनि सहमति नभएपछि केन्द्रबाट हस्तक्षेप गर्नुपर्ने हुन सक्छ ।’

मनोनयन गर्ने समय सीमा नजिकिँदै गर्दा पनि अहिले सम्म गठबन्धनका दलहरू बीच सहमति नभएको भन्दै अब केन्द्रबाट भागबन्डा टुङ्गाउनु पर्ने उनको भनाइ छ ।

उनले भने, ‘आजको गठबन्धनको बैठक हेर्नुपर्छ । मनोनयन गर्न दिन भोलि छ । त्यो बेला सम्म केही हुनसक्छ । हामी आफ्नो दाबी सहित गठबन्धनमा प्रस्तुत गरेका छौँ । कतिपय जिल्लामा टुङ्गो लगाउन वाकी छ त्यस्तो जिल्लामा केन्द्रले चासो दिनुपर्छ ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि जिल्ला तहको रिपोर्ट आशावादी नरहेको बताइसकेका छन् । अहिले जिल्लामा गठबन्धनका दलहरूबीच उम्मेदवारको भागबन्डामा समस्या सृजना भइरहेको छ ।


प्रतिक्रिया

One thought on “एकीकृत समाजवादीको माग: विवाद भएका जिल्लाका केन्द्रले हस्तक्षेप गरोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर