राप्रपालाई हराउन झापाको कचनकवलमा कांग्रेस-एमाले गठबन्धन – Nepal Press

राप्रपालाई हराउन झापाको कचनकवलमा कांग्रेस-एमाले गठबन्धन

अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेको भागमा

झापा । केन्द्रमा भएको सहमति विपरीत झापामा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग गठबन्धन गर्ने भएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत कांग्रेस एमालेसँग मिलेर झापाको कचनकवलमा चुनाव लड्न तयार भएको हो ।

राप्रपाको बलियो उपस्थिति रहेको सो गाउँपालिकामा पालिका अध्यक्ष आफू राखेर उपाध्यक्ष एमालेलाई दिने गरी सहमति भइसकेको छ ।

अध्यक्षमा कांग्रेसका कालेन्द्र राजबंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उम्मेदवार बन्ने भएका छन् । राजवंशी २०७४ सालको निर्वाचनमा राप्रपाका अञ्जार आलमसँग पराजित भएका थिए ।

अघिल्लो स्थानीय तह निर्वाचनमा राप्रपाले अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडा अध्यक्ष र सदस्य जितेका थियो ।

राप्रपाले भने बहालवाला गाउँपालिका अध्यक्ष आलम र उपाध्यक्ष निमसरी राजवंशीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यो राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देनको क्षेत्र हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर