बुटवलमा ११ नगर सदस्य लिएर जनमुक्ति पार्टीले एमालेलाई ८६ पदमा मतदान गर्ने – Nepal Press

बुटवलमा ११ नगर सदस्य लिएर जनमुक्ति पार्टीले एमालेलाई ८६ पदमा मतदान गर्ने

बुटवल । नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच बुटवल उपमहानगरपालिकाको निर्वाचनमा सहकार्य हुने भएको छ ।

बुटवल र तिलोत्तमा नगरपालिकामा चौथो शक्तिका रूपमा जनमुक्तिसँग यसअघिको चुनावमा कांग्रेसले तालमेल गरेको थियो ।

यस पटक एमालेलाई जनमुक्तिले बुटवलको मेयर,उपमेयर र सबै वडाध्यक्षसहित ८५ पदमा मतदान गर्ने भएको छ ।

एमालेले जनमुक्ति पार्टीलाई ११ जना वडा सदस्य पद दिने भएको छ ।

एमालेका उपमहानगरपालिका कमिटी अध्यक्ष किसन ज्ञवाली र जनमुक्तिका अध्यक्ष भेकबहादुर सारू मगरले सहमतिमा हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर