माओवादीले छान्यो वीरेन्द्रनगरमा मेयरको उम्मेदवार
नेपाल प्रेस
२०७९ वैशाख १० गते १९:१४
सुर्खेत । नेकपा माओवादी केन्द्रले सुर्खेतको वीरेन्द्रनगरमा मेयरको उम्मेदवार टुंगो लगाएको छ ।
शनिवार नेकपा माओवादी केन्द्र सुर्खेतले वीरेन्द्रनगर नगरप्रमुखका लागि राजेन्द्र गिरीलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो ।
गठबन्धनमा सहमति जुट्ने सम्भावना नभएपछि माओवादीले एक्लै चुनावमा भिड्ने निर्णय गरेको हो । यद्यपि उपप्रमुखका लागि भने हरिमाया शर्मा, रत्न गाहा मगर, शान्ति ढकाल र गीता तिमिल्सेनाले दाबी गरेका छन् ।
माअोवादीले नगरप्रमुख सहित अन्य उम्मेदवारको टुंगो लगाउन प्रदेश कमिटीमा सिफारिस गरेको छ ।
प्रतिक्रिया