त्रिभुवन विमानस्थलकाे एक्सरेबाट कसरी सहजै पास भयो करिब २८ करोडको कोकिन ? – Nepal Press

त्रिभुवन विमानस्थलकाे एक्सरेबाट कसरी सहजै पास भयो करिब २८ करोडको कोकिन ?

काठमाडौं । सात केजी कोकिनसहित पक्राउ परेकी जाम्बियन महिला र त्यसलाई लिन आएकी भारतीय महिलालाई लागुऔषध नियन्त्रण ब्युरो-एनसीबीको टोलीले आइतबार सार्वजनिक गर्दैछ ।

स्रोतका अनुसार कतार एयरवेजमार्फत दक्षिण अफ्रिकाबाट कतार हुँदै काठमाडौँ उत्रिएकी जाम्बियन महिलालाई एनसीबीको टोलीले बैशाख ३ गते समातेको थियो ।

त्रिभुवन विमानस्थलमा खटिएको ब्युरोको टोलीले ती जाम्बियन महिलाले शंकास्पद व्यवहार गरेपछि नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । उनको साथबाट ७ केजी कोकिन बरामद भएको थियो । ती महिलाले लिएर आएको कोकिन बुझ्न आएकी भारतीय महिला बैशाख ४ गते होटलबाट पक्राउ परेकी थिइन् ।

स्रोतका अनुसार त्रिभुवन विमानस्थलको आगमन कक्षतर्फ रहेको एक्सरेबाट ती महिलाले उक्त कोकिन सजिलै छिराएकी थिइन् । लागुऔषध तस्करको भाषामा क्रयाक र कोकको उपनामले समेत परिचित कोकिन एक ग्रामकै ३० देखि ४० हजार रुपैयाँसम्म पर्ने गर्छ ।

हाइडोज लिने सेवनकर्ताले एक ग्रामले चार भाग लगाएर एक भाग एकपटकमा सेवन गर्छन्। त्यसरी चार भाग लगाइएकोमध्ये एक भागलाई फेरि चार भाग लगाएर हुन आउने एक भाग प्रयोग गर्ने सेवनकर्ता पनि हुने गर्छन्। प्रतिग्राम ४० हजार रुपैयाँले हिसाब गर्दा बरामद कोकिनको मूल्य नेपाली रुपैयाँमा करिब २७ करोड रुपैयाँ हुन आउँछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर