राजस्व चुहावट आराेपमा ३६ करोड बिगोसहित ५ जनाविरुद्ध मुद्दा – Nepal Press

राजस्व चुहावट आराेपमा ३६ करोड बिगोसहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । राजस्व चुहावट गरेको भन्दै पाटन उच्च अदालतले ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभागले ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ माग दावी गरेर मुद्दा दायर गरेको हो ।

मनिषकुमार अग्रवाल, हितेषकुमार अग्रवाल, प्रमित महर्जन, विमल अग्रवाल र दीपेन्द्रकुमार अग्रवालले सञ्चालन गरेको विभिन्न फर्मले राजस्व चुहावट गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

श्री शुभलक्ष्मी इन्टरनेशनलका कारोबारी मनिषकुमार अग्रवाल, एचबी ट्रेड एण्ड सप्लायर्सका हितेषकुमार अग्रवाल, एम के इन्टरनेशनलका प्रमित महर्जन, एचबी ट्रेड एण्ड सप्लायर्सका विमल अग्रवाल र गणपति ट्रेड लिंकका दीपेन्द्रकुमार अग्रवालविरुद्ध मुद्दा दायर भएको छ । यी कम्पनीहरुले राजस्व चुहावट गर्ने मनसायले नक्कली र झूटाे विवरण र बिजक पेस गरेर राजस्व चुहावट गरेको आराेप लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर