विदेशबाट आउने पार्सलभित्र गाँजा र चरेसका चकलेटदेखि एम्फेटामिन ट्याबलेट – Nepal Press

विदेशबाट आउने पार्सलभित्र गाँजा र चरेसका चकलेटदेखि एम्फेटामिन ट्याबलेट

काठमाडौँ – विदेशबाट हुलाकमार्फत आउने पार्सलमा गाँजा र चरेसका चकलेटदेखि एम्फेटामाइनका ट्याबलेटसम्म भेटिएको छ।

लागुऔषध नियन्त्रण ब्युरोले गाँजा र चरेसबाट बनेका करिब साढे ४ केजी क्यान्डी चकलेट र १७० ग्राम तौलका एम्फेटामाइनका ५ सय थान ट्याबलेट बरामद गरेको छ।

प्रहरीका अनुसार गत फागुन ११ गते गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारमा बेलायतबाट पठाइएको चकलेट बक्सको अनुसन्धान गर्दै जाँदा वीरगञ्जका २२ वर्षीय राजशिखर गुप्ता पक्राउ परेका छन्।

उक्त पार्सल गुप्ताको नाममा बेलायतबाट पठाइएको थियो। अनुसन्धानका क्रममा गुप्ताको कोठाबाट एम्फेटामाइनबाट बनेका ट्याबलेटहरु रहेको बक्ससमेत फेला परेको थियो। उक्त बक्स भने जर्मनीबाट पठाइएको व्युरोको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर