जसपा छाडेका यादवले दिए विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवारी – Nepal Press

जसपा छाडेका यादवले दिए विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवारी

विराटनगर । विराटनगर महानगरको मेयरमा उमेश यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

शनिवार मात्रै जनता समाजवादी पार्टी (जसपा) बाट बाहिरिएका यादवले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

जसपाका केन्द्रीय सदस्य समेत रहेका यादवले गठबन्धनमा भएको सहमति अनुसार विराटनगर कांग्रेसको भागमा परेपछि असन्तुष्टि जनाएका थिए ।

यादव अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर