महानगरबाहेक ललितपुरमा कांग्रेसले ३ पालिकमा नेतृत्व गर्ने, माओवादीको भागमा दुई पालिका – Nepal Press

महानगरबाहेक ललितपुरमा कांग्रेसले ३ पालिकमा नेतृत्व गर्ने, माओवादीको भागमा दुई पालिका

ललितपुर । सत्तारुढ गठबन्धनबीच ललितपुरका स्थानीय तहमा हुने तालमेलबारे सहमति जुटेको छ ।

सहमति अनुसार महानगर बाहेकका ५ स्थानीय तहमध्ये ३ मा कांग्रेसले प्रमुख र २ मा माओवादीले प्रमुख पाउने भएको छ ।

कांग्रेसको बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र माओवादीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीबीच भएको सहमति अनुसार कांग्रेसले गोदावरी नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पाएको छ ।

त्यस्तै बागमती गाउँपालिका र महांकाल गाउँपालिकामा पनि कांग्रेसले अध्यक्ष पाएको छ । ती दुवै गाउँपालिकामा माओवादीले उपाध्यक्ष पाउने भएको छ ।

सहमति अनुसार माओवादीले महालक्ष्मी नगरपालिकामा प्रमुख र कोञ्ज्योस्योम गाउँपालिकामा अध्यक्ष पाएको छ । ती दुवै पालिकामा कांग्रेसले उपप्रमुख र उपाध्यक्ष पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर