कांग्रेसले माग्यो जनतासँग माफी, गल्ती नदोहोर्‍याउने प्रतिबद्धता – Nepal Press

कांग्रेसले माग्यो जनतासँग माफी, गल्ती नदोहोर्‍याउने प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसले जनतासँग माफी मागेको छ । स्थानीय निर्वाचनका लागि सार्वजनिक गरिएको संकल्प पत्रमार्फत कांग्रेसले जनतासँग माफी मागेको हो ।

संकल्प पत्रको प्रतिबद्धता खण्डमा कांग्रेसले विगतमा जान अञ्जानमा भएका त्रुटि र कमजोरीप्रति क्षमा माग्दै गल्ती दोहोरिन नदिने प्रतिबद्धता जनाएको हो ।

‘नेपाली कांग्रेस विगतमा सरकारको नेतृत्व गर्दा वा प्रतिपक्षको भूमिकामा जानीनजानी भएका त्रुटि, कमजोरीहरूप्रति जनतासमक्ष क्षमा माग्दै त्यसबाट शिक्षा लिएर तिनलाई फेरि दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दछ’, कांग्रेसको संकल्प पत्रमा भनिएको छ ।

संकल्प पत्रमार्फत कांग्रेसले संविधानको रक्षा र कार्यान्वयन र त्यसकै जगमा मुलुकलाई समुन्नतितर्फ डोर्‍याउनु नै आजको राष्ट्रिय जिम्मेवारी भएको भन्दै जिम्मेवारी बहन गर्ने अठोटसमेत व्यक्त गरेको छ ।


प्रतिक्रिया

One thought on “कांग्रेसले माग्यो जनतासँग माफी, गल्ती नदोहोर्‍याउने प्रतिबद्धता

  1. डरयाे देश बिगार्ने काँग्रेस हाे । प्रजातन्त्रकाे नाममा देश बेचुवा हाे काँग्रेस । बरू पञ्चायत ठिक काँग्रेस भन्दा त ।याे कहिल्यै सुध्रिदैन किनकी याे लुटेराहरूकाे पार्टी हाे । यसलाई चुनावमा पत्तासाफ पार्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर