लिम्पियाधुरा र लिपुलेकबारे भारतसँग प्रष्ट अडान राखेको कांग्रेसको दाबी – Nepal Press

लिम्पियाधुरा र लिपुलेकबारे भारतसँग प्रष्ट अडान राखेको कांग्रेसको दाबी

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले प्रकाशित गरेको नयाँ नक्सा र सीमा विवादको बारेमा स्पष्ट दृष्टिकोण र अडान भारतसामु राखेको जनाएको छ ।

आसन्न स्थानीय निर्वाचनका लागि तयार पारिएको संकल्प पत्रमार्फत कांग्रेसले प्रधानमन्त्री देउवाको हालैको भारत भ्रमणका दौरान अतिक्रमित नेपाली भूमि फिर्ता गर्ने र सीमा विवाद समाधान गर्ने विषयमा स्पष्ट अडान राखेको जनाएको हो ।

‘स्मरणीय छ, गत महिना सम्पन्न भारत भ्रमणको अवसरमा पनि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले नेपालले प्रकाशित गरेको नयाँ नक्सा र सीमा विवादको बारेमा नेपालको स्पष्ट दृष्टिकोण र अडान भारत सरकारसँग राख्नु भएको छ । उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवादमार्फत नेपाल-भारतबीच रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा सुस्तालगायत सबै क्षेत्रका सीमा विवाद समाधान गरी नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र सीमा सुरक्षा गर्न नेपाली कांग्रेस कृतसंकल्पित छ’, संकल्प पत्रमा भनिएको छ ।

कांग्रेसले सभापति देउवाको नेतृत्वमा सरकार बनेयता अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सन्तुलनमा उल्लेखनीय उपलब्धी हासिल गरेको दाबीसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर