भरतपुरका स्वतन्त्र उम्मेदवारले भने- चारतारे झण्डा बोकेरै भोट माग्छु – Nepal Press

भरतपुरका स्वतन्त्र उम्मेदवारले भने- चारतारे झण्डा बोकेरै भोट माग्छु

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस नेता जगन्नाथ पौडेलले मतपत्रमा रुख नभए पनि चारतारे झण्डा बोकेर मत माग्ने बताएका छन् ।

भरतपुरको प्रमुख माओवादीलाई दिने पार्टी निर्णयको विरुद्धमा आयोजित भेलाबाट स्वतन्त्र उम्मेदवार छानिएपछि पौडेलले आफ्नो चुनाव चिन्ह जे भएपनि कांग्रेसका कार्यकर्ताहरूले भोट दिने बताए ।

‘भरतपुरमा कांग्रेसले रुख छाड्यो । कांग्रेसले रुख छाडेपनि कांग्रेसीले चारतारे झण्डा छाडेका छैनन् । स्वतन्त्र उम्मेदवारको चिन्ह के हुन्छ प्राविधिक कुरा हो । हजारौं कांग्रेसीको उपस्थितिमा भोली उम्मेदवारी दर्ता हुन्छ । चारतारे झण्डा बोकेर हामी जनतामा जानेछौं’, पौडेलले भने ।

कांग्रेसीले कांग्रेसमा भोट दिन नपाउने अवस्थाको अन्त्य गर्न आफू उम्मेदवार बन्ने बताउँदै पौडेलले कुनै प्रलोभन वा धम्कीबाट आफू विचलित नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर