चुनावको सुरक्षा रणनीति बनाउन सैनिक मुख्यालयमा छलफल – Nepal Press

चुनावको सुरक्षा रणनीति बनाउन सैनिक मुख्यालयमा छलफल

काठमाडौं । आगामी निर्वाचन सुरक्षाबारे चारवटै सुरक्षा निकायका प्रमुखबीच नेपाली सेनाको मुख्यालयमा छलफल भएको छ। आज दिउँसो जंगी अड्डामा चार वटै सुरक्षा निकायबीच निर्वाचनको सुरक्षाको बारेमा छलफल भएको हो ।

प्रधान सेनापति महारथी प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपालका, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेलबीच भेटघाट तथा छलफल भएको जंगी अड्‍डाले जनाएको छ ।

नेपाली सेनाका बलाधिकृत रथी, बलाध्यक्ष रथी, रथीवृन्दहरु तथा अन्य सुरक्षा निकायका पदाधिकारीको सहभागीता रहेको उक्त कार्यक्रममा युद्धकार्य निर्देशनालयका निर्देशकले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेपाली सेनाले हालसम्म गरेका कार्यहरुको प्रगति विवरण तथा भविष्यमा अन्य सुरक्षा निकायहरुसँग समन्वय गर्नुपर्ने विषयहरुका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

साथै, उक्त कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुखहरुबीच निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सुरक्षा निकायहरुलाई प्राप्त जिम्मेवारीहरु आपसी समन्वय र सहकार्यका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लगायतका विषयहरुमा छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर