आफूभन्दा कान्छो उमेरकाे पुरुषलाई डेट गर्नु समाजमा अपवित्र मानिन्छ : मलाइका – Nepal Press

आफूभन्दा कान्छो उमेरकाे पुरुषलाई डेट गर्नु समाजमा अपवित्र मानिन्छ : मलाइका

मुम्बई । अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुर लामो समयदेखि डेट गरिरहेका छन् । दुवैको उमेरमा करिब १२ वर्षको अन्तर छ । यस विषयमा मलाइकाले सामाजिक सञ्जालमा बारम्बार ट्रोलिङको सामना गर्नुपरिरहेको छ ।

मलाइकाले हालैको एक अन्तर्वार्तामा ट्रोलर्सलाई जवाफ दिएकी छिन् । भारतीय समाजमा महिलाले आफूभन्दा कम उमेरका पुरुषसँग डेट गर्नु अपवित्र मानिएको उनले बताइन् ।

मलाइका र अर्जुन आफ्नो बीचको उमेरको अन्तरलाई लिएर कुनै आपत्ति छैन । ब्रेकअप र डिभोर्सपछि महिलाको जीवनको महत्वबारे कुरा गर्दै मलाइका अरोराले भनिन्, ‘ब्रेकअप वा डिभोर्सपछि पनि महिलाको जीवन जिउन धेरै महत्त्वपूर्ण हुन्छ, महिलाको सम्बन्धलाई लिएर समाजमा गलत धारणा रहेको छ । आफूभन्दा कान्छो पुरुषलाई डेट गर्ने महिलालाई अपवित्र मानिन्छ ।’

उनी आफूलाई आमाको प्रतिबिम्बको रूपमा वर्णन गर्ने गर्छिन्। मलाइकाले भनिन्, ‘म हरेक दिन बलियो, फिट र खुसी रहनका लागि आफैंमा काम गर्छु। म मेरी आमाको प्रतिबिम्ब हुँ, किनकि म उनको शक्ति र धैर्यताको प्रतीक हुँ। र उनको जीवन अवचेतन रूपमा बिताउँछु। म आफ्नै शर्तमा जीवन बिताउन र स्वतन्त्र हुन चाहन्छु।’

अर्जुन कपुर र मलाइका अरोराले २०१९ मा आफ्नो सम्बन्धको आधिकारिक घोषणा गरेका थिए । यी दुई धेरै वर्षदेखि डेटिङ गर्दै आएका छन् र सार्वजनिक रूपमा आफ्नो प्रेम व्यक्त गर्न कहिल्यै पछि परेका छैनन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर