गठबन्धन तोड्दै बुटवलमा जसपाले दियो मेयर र उपमेयरमा उम्मेदवारी – Nepal Press

गठबन्धन तोड्दै बुटवलमा जसपाले दियो मेयर र उपमेयरमा उम्मेदवारी

रुपन्देही । बुटवलमा सत्तारुढ ५ दलीय गठबन्धन टुटेको छ । जनता समाजवादी पार्टी (जसपा) ले मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दर्ता गराएसँगै यहाँ औपचारिकरूपमा गठबन्धन भाँडिएको हो ।

मेयर पदका लागि सुरज हिताङ र उपमेयरमा सम्झना पौडेलले उम्मेदवार दर्ता गराएका हुन् । आइतबार बुटवल उपमहानगरको निर्वाचन कार्यालयमा गएर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

समय अभावका कारण वडा अध्यक्ष तथा सदस्यहरुको उमेद्वारी भोलि दर्ता गराइने जसपा नगर इन्चार्ज हिताङले बताए । जसपाले गठबन्धनभित्र आफूहरुको सम्मानजनक उपस्थिति नभएको भन्दै लुम्बिनी प्रदेशभरी नै एकल रुपमा निर्वाचनमा जाने तयारी गरेको छ ।

लामो समय सहमतिका लागि छलफल तथा प्रयास गर्दा पनि कुरा नमिलेपछि अन्तिममा आएर उमेद्वारी दर्ता गराइएको जसपा लुम्बिनीका महासचिव यज्ञ पोखरेलले बताए ।

गठबन्धनको नेतृत्व गरेको दल नेपाली कांग्रेस जिम्मेवार नभएको बताउँदै उनले आफ्नो पार्टीको अस्तित्व नै।नरहने गरी गठबन्धन अघि बढेपछि एकलरूपमा जान लागेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर