भागबण्डा मिलाउन पाँच दलका अध्यक्षबीच बैठक बस्दै, सहमतिका लागि अधिकतम प्रयास गर्ने – Nepal Press

भागबण्डा मिलाउन पाँच दलका अध्यक्षबीच बैठक बस्दै, सहमतिका लागि अधिकतम प्रयास गर्ने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयासस्वरुप पाँच दलका अध्यक्षबीच बैठक बस्दैछ । पटक–पटक बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि अध्यक्षहरु बसेर भागबण्डा मिलाउने बताइएको छ ।

केन्द्रमा पाँच दलीय गठबन्धन जबरजस्त कायम राख्ने प्रयास भए पनि जिल्ला र स्थानीय तहमा फरक–फरक तरिकाले गठबन्धन भइरहेको छ । गठबन्धनको हिजो बसेको बैठकले सबै दलबीच चुनावी तालमेल नभए पनि गठबन्धन बाहिरका दलसँग नगर्ने निर्णय गरेको थियो ।

निर्वाचनका लागि उम्मेदवार मनोनय गर्ने दिन आइसक्दा पनि भागबण्डा नमिलेपछि गठबन्धनमा तनाव छ ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार हिजो र आज उम्मेदवारको मनोनयनको कार्यसूची छ । हिजो नेकपा एमालेका केही, स्वतन्त्रबाट केही र साना दलहरुले उम्मेदवारी दर्ता गराए । तर सत्तागठबन्धन र एमालेमा उम्मेदवारबारे अझै लफडा छ ।

एमालेले अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाए पनि गठबन्धनमा आबद्ध दलबीच अझै भागबण्डामा कुरा मिलेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर