भोटेकोशीकी उपाध्यक्ष र पार्टी ईन्चार्जसहित ५० नेताले छाडे माओवादी (सूचीसहित)
नेपाल प्रेस
२०७९ वैशाख १२ गते १२:३८
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा माओवादीबाट उपाध्यक्ष जितेकी दावुटी शेर्पा र गाउँ पार्टी ईन्चार्ज आङछिरी शेर्पासहित ५० जना स्थानीय नेताले पार्टी परित्याग गरेका छन् । उनीहरुले विज्ञप्तिमार्फत् सामूहिक राजीनामा घोषणा गरेका हुन् ।
पार्टीमा दलालीकरण बढेको र आर्थिक चलखेलका कारण इमानदार कार्यकर्तालाई पाखा लगाउन खोजिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकोप्रति गुनासो गर्दै पार्टी छाडेको उनीहरुले बताएका छन् ।
हेर्नुहोस् माओवादी छाडेका भोटेकोशीका नेताको सूची
प्रतिक्रिया