टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेस क्षेत्रीय सभापतिसहित १३ जनाले दिए सामूहिक राजीनामा
नेपाल प्रेस
२०७९ वैशाख १२ गते १३:२०
कैलाली । टिकट वितरणमा असन्तुष्टि जनाउँदै कञ्चनपुरका नेपाली कांग्रेस क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधिलगायत १३ जनाले पदबाट राजीनामा दिएका छन् ।
नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति लालबहादुर सिंह, महाधिवेशन प्रतिनिधि मधु बोहरासहित १३ जनाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टीबाट राजीनामा दिएका हुन् ।
इमान्दार कार्यकर्तालाई पाखा लगाउँदै शक्ति र पहुँचका आधारमा टिकट वितरण गरिएको भन्दै राजीनामा घोषणा गरेको उनीहरुले बताएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर