तिलोत्तमामा एकीकृत समाजवादीले महिला मेयर उठाउने – Nepal Press

तिलोत्तमामा एकीकृत समाजवादीले महिला मेयर उठाउने

रुपन्देही । नेकपा एकीकृत समाजवादीले तिलोत्तमाको मेयरमा महिलालाई उठाउने निर्णय गरेको छ ।

एकीकृत समाजवादी रुपन्देहीको जिल्ला कमिटी बैठकले सचिवालय सदस्य आशा कुमारी चौधरीलाई मेयरमा उठाउने निर्णय गरेको हो ।

त्यस्तै उपमेयरमा सञ्जीव भण्डारीलाई उठाउने निर्णय गरेको जिल्ला उपसचिव सरिता श्रीसले बताइन ।

चौधरी अनेमसंघ जिल्ला उपाध्यक्ष हुन भने भण्डारी प्राध्यापन क्षेत्रमा सक्रिय छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर